जिउँदै आगो लगाईएकी शिवाको मृत्यु

काठमाडौं, २७ मंसिर । पेट्रोल छर्केर आगो लगाईएकी बर्दिया निवासी शिवा हासमीको उपचारका क्रममा आज विहान बीर अस्पतालमा मृत्यु भएको छ ।
गम्भीर अवस्थामा रहेकि शिवाको दुई दिन यता बीर अस्पतामा उपचार भईरहेको थियो । उनको विहान करिव सात बजे मृत्यु भएको उनका भाई तनबीरले जानकारी दिए ।
गुलरिया नगरपालिका–८ कि १६ बर्षीया शिवालाई भारतीय नागरिक बाबु खानले शुक्रबार पेट्रोल छर्केर जिउँदै आगो लगाएका थिए । जिउँदै आगो लगाए पछि शिवाको शरीर पुरै जलेको थियो ।
आफूसँग विवाह गर्न नमानेको आरोपमा भारतीय नागरिक बुबा खानले शिवालाई जिउँदै जलाएका हुन् । उनलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया