मनीषाको शल्यक्रिया सफल

न्युयोर्क : अभिनेत्री मनीषा कोइरालाको शल्यक्रिया सम्पन्न भएको छ । पाठेघरको क्यान्सरबाट पीडित कोइरालाको मंगलबार बिहान शल्यक्रिया सम्पन्न भएको हो । न्युयोर्कको म्यानहाटनमा रहेको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उनको पाठेघरको शल्यक्रिया गरिएको हो ।
उनको शल्यक्रिया पाठेघर क्यान्सर विशेषज्ञ डेनिस चीले गरेका थिए । फुड पोइजनका कारण एकाएक बेहोस हुन थालेपछि मनीषालाई नेपालको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर, नर्भिकमा भर्ना गरिएको दुई दिनपछि उनलाई मुम्बइको जसलोक अस्पताल उपचारका लागि पुर्‍याइएको थियो । सो अस्पतालमा उपचारका क्रममा मनीषालाई क्यान्सर भएको पुष्टि भएपछि उनलाई उनका परिवारले उपचारका लागि न्युयोर्क लगेको हो ।
शल्यक्रिया सम्पन्न भए पनि मनीषालाई उनको परिवारले भेट्न पाएका छैनन् । चिकित्सकले परिवारलाई चिन्ता नगर्न मात्र भनेको छ । (एजेन्सी)

प्रतिक्रिया