सहमतिका लागि एमाओवादी लचक हुँने

काठमाडौं, २६ मंसिर । एमाओवादीले प्रमुख दलहरुको सहमतिमा सरकार बनाउँनु पर्ने भन्दै त्यसका लागि लचक हुने निर्णय गरेको छ ।
काठमाडौंमा आज बसेको एमाओवादीका पदाधिकारी र प्रभावशाली नेताहरुको बैठकले सहमतीय सरकारका लागि पहल गर्न निर्णय गरेको हो । त्यसको जिम्मेवारी पदाधिकारीलाई दिईएको छ ।
राष्ट्रपतिले सहमतीय सरकार बनाउँन दिएको समय सकिनै लाग्दा एमाओवादीले सहमतिका लागि विभिन्न दलहरुसँगको परामर्शलाई तिव्रता दिने निर्णय पनि गरेको छ ।
त्यसै गरेर एमाओवादीले संविधानसभाको नयाँ निर्वाचन वैशाखमै गर्नुपर्ने धारणा दोहराएको छ । बैठकमा महाधिवेशनका बारेमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया