प्रहरी जवानमा नयाँ भर्ना छनोट सुरु

चितवन, २५ मंसिर । मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा प्रहरी जवान पदको नयाँ भर्ना छनोट प्रक्रिया आजबाट सुरु भएको छ ।
यसअघि आर्थिक प्रलोभनमा प्रहरी छनोट हुने गरेको गुनासो आएपछि तालिम केन्द्रले चितवनमा आजै पत्रकार सम्मेलन गरेर प्रलोभनमा पार्नेहरूप्रति सतर्क रहन सबैमा आग्रह गरेको छ ।
केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र श्रेष्ठले आर्थिक कारणबाट कुनै पनि हालतमा छनोट प्रक्रिया प्रभावित नहुने बताए ।
उनले प्रधान कार्यालय र जिल्ला प्रशासनको रोहबर र लोक सेवा आयोगको निगरानीमा छनोट प्रक्रिया अगाडि बढाइने बताए ।
यसवर्ष आवेदन कम परेको छ । १ सय ९३ औँ समूहका लागि आठ हजार ७ सय ६ जनाले निवेदन दिएका छन् ।

प्रतिक्रिया