राष्ट्रिय गान बजाउन चेतावनी

काठमाडौं : दुई महिनाअघिदेखि राजधानीका हलहरूमा फिल्म सुरु हुनुपूर्व राष्ट्रिय गान बजाउन माग गर्दै आएको नेपाल जनएकता पार्टीले उपत्यकाका हलमा चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएको छ । तर, हलहरूले अझै पनि त्यो मागप्रति लगातार अटेर गर्दै राष्ट्रिय गान नबजाएकाले आन्दोलनमा उत्रनुपरेको पार्टीले बताएको हो । पार्टीको शुक्रबार बसेको बैठकले हलले राष्ट्रियता संरक्षण र सम्वद्र्धनमा वास्ता नगरे २७ मंसिरदेखि उपत्यकाका हलमा चलचित्र प्रदर्शनमै रोक लगाउने निर्णय गरेको शनिबार जारी प्रेस विज्ञप्तिमार्फत जनाएको छ । (सौस)

प्रतिक्रिया