सचिव धरौटीमा रिहा

सिन्धुपाल्चोक : तिब्बतीलाई नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस गर्ने सिन्धुकोट गाविसका सचिवलाई अदालतले ८० हजार रुपियाँ धरौटीमा रिहा गरेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकले सिन्धुकोट गाविसका सचिव नवराज सेनलाई बिहीबार धरौटीमा रिहा गरेको हो । सचिव सेनलाई बुधबार अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । २० भदौमा तिब्बती नागरिक पेमा लामालाई नेपाली नागरिकताको प्रमाण–पत्र दिन सचिव सेनले सिडिओ कार्यालयलाई सिफारिस गरेका थिए । सचिवले सिफारिस गरेकै आधारमा लामालाई प्रशासनले नागरिकता दिएको थियो । लामाले सहायक सिडिओ ओमकार न्यौपानेको हस्ताक्षर भएको २४–०१–६९–०२२९२ नम्बरको नागरिकता लिएकी हुन् । नागरिकता प्रमाणपत्र पाएपछि उनले सोही दिन राहदानीको फर्मसमेत भरेकी थिइन् ।

प्रतिक्रिया