दैनिक दश घण्टा लोडसेडिङ

काठमडौं, २२ मंसिर । नेपाल विद्युत् प्राधिकरणले भोलि शनिबारदेखि लागू हुने गरी दैनिक दश घण्टा लोडसेडिङको समय बढाएको छ ।
अब सातामा ६९ घण्टा लोडसेडिङ हुने छ । यसअघि हप्तामा ५६ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
जाडो मौसमसँगै विद्युत्को माग बढेकाले लोडसेडिङको समय बढाउनु परेको प्रधिकरणको भनाई छ । नदीमा पानीको वहाव घटेर विद्युत् उत्पादनमा समेत कमी आएको छ ।
प्राधिकरणका अनुसार सातामा ६ दिन १० घण्टा र एक दिन ९ घण्टा लोडसेडिङ हुनेछ ।

प्रतिक्रिया