त्यस्तालाई एक थप्पड हान्छु

संसारमा महिला एउटी तपाईं मात्र बाँकी रहनुभयो भने कस्तो पुरुषसँग सम्बन्ध गाँस्नुहुन्छ ? 
विश्वलाई प्रतिनिधित्व गर्न सक्ने केटासँग सम्बन्ध गाँस्थेँ । जसले मेरो र सीमित स्वार्थका लागि नभएर विश्वविकासमा लाग्न सकोस् । अन्य पुरुषहरूलाई पनि सम्हाल्न सक्ने क्षमता भएको पुरुषसँग सम्बन्ध गाँस्थेँ ।
चराजस्तै आकाशमा उड्न सक्ने शक्ति पाए ?
व्यक्तिगतभन्दा पनि सामाजिक विकासमा त्यो शक्तिलाई प्रयोग गर्थें । अहिले सडकहरूमा गाडी जाम हुँदा बिमारीहरूलाई समस्या परेको हुन्छ । आकाशमा उड्न सक्ने शक्तिलाई विपन्नहरूको सेवामा लगाउँथेँ ।
एक हातले ताली बजाउनुपर्ने बाध्यता आइलागे ?
जुन मानिसले मलाई त्यसो गर्नुपर्ने बाध्यतामा पुर्‍याउँछ उसैको गालामा एक हातले चड्कन लगाएर ताली बजाइदिन्छु ।
गङनम स्टाइल भिडियो हेरेर लाइक गर्नुभएको छ कि छैन ?
यो गीतको भिडियो धेरैचोटि हेरे पनि लाइकचाहिँ गर्न पाएको छैन ।
यसका गायक पार्क जे साङले दुखेसो माने भने नि ?
दुखेसो नपोख्न आग्रह गर्दै उहाँको भिडियोलाई लाइक मात्र होइन सामाजिक सञ्जालहरूमा सेयरसमेत गरिदिन्थेँ ।
तपाइंको यस्तो व्यवहारप्रति आकर्षित हुँदै उनले प्रेमप्रस्ताव राखे ?
प्रेमप्रस्ताव राखे सिधै नो भनिदिन्छु । किनकि उहाँ स्वर, स्टाइल र गीतको भिडियोले मात्र अगाडि हुनुहुन्छ । यी कुराहरू प्रेममा पर्दनन् ।
गायक–गायिका गाउनुअघि रक्सी खान्छन् भन्ने सुनिन्छ, तपाईं नि ?
म रक्सी खाएर गीत गाउनै सक्दिनँ जस्तो लाग्छ । मापसेदेखि अलि टाढै छु ।
विवाहपछि श्रीमान्ले सेक्स सम्बन्ध राख्न नमाने ?
कुनै निर्णय लिनुअघि केही उपाय पनि अपनाइन्छ नि † कुनै उपाय पनि लागेन भने त सिधै डिभोर्स हो ।

प्रतिक्रिया