जापानी प्रहरीको छापा

टोकियो :  जापानमा सोमबार सुरुङ भत्किँदा नौ यात्रुको निधन भएपछि जापान प्रहरीले त्यहाँको राजमार्गसम्बन्धी कार्यालयलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको समाचार छ । सुरुङ निरीक्षणका क्रममा कुनै कमजोरी नदेखिएपछि राजमार्ग कम्पनीकै लापरवाहीबाट दुर्घटना भएको अनुमानका आधारमा प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।
सुरुङको छत भत्किएपछि जापानमा सन् १९७० को दशकमा निर्माण गरिएका कैयौँ यस्ता सुरुङको अवस्थाको पनि अध्ययन गर्नुपर्ने निष्कर्षमा जापानी अधिकारीहरू पुगेको बताइएको छ । सुरुङ जापानको सबैभन्दा प्रभावकारी यातायात मार्ग हो । जापानजस्ता पहाडी मुलुकमा यस्तो मार्ग ज्यादै उपयुक्त हुन्छ । (एएफपी)

प्रतिक्रिया