धादिङका सिंखडाको हत्या

काठमाडौं, १९ मंसिर । धादिङ जिल्लामा दार्खा–७ का भीषण सिंखडाको अज्ञात समूहले हत्या गरेको छ ।
सिंखडाको सोमबार राति रातामाटा जंगलमा हत्या भएको प्रहरीले जनाएको छ । सिंखडालाई एमाओवादी जिल्ला सदस्य विजय तामाङको हत्याको आरोप लागेको थियो ।
सिंखडाका दुबै हात पछाडि लगेर बाँधी धारिलो हतियारले हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रतिशोधका कारण सिंखडाको हत्या भएको हुन सक्ने अनुमान स्थानीयको छ ।
विजयको हत्याको आशंकामा यस अघि प्रहरीले ५ स्थानीयलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा अशोक तामाङ, अमर तामाङ, मिलन लामा, किरणसिंह सिंखडा र मानबहादुर गुरुङ रहेका छन् ।

प्रतिक्रिया