‘सहमतिका लागि प्रयास गरिरहेको छु’

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक गतिरोध अन्त्यको प्रयासमा लागीरहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले दलहरुका बीच सहमतिको विकल्प नरहेको बताए । ‘प्रमुख दलका शीर्ष नेतृत्वसँग कुराकानी भईरहेको छ,’ उनले भने, ‘छिट्टै निकास आउँछ ।’
यसैबीच, प्रधानमन्त्री भट्टराईले महिला हिंसाको अन्त्यका लागि पहल गरिरहेको बताए । उनले भने, ‘मुलुकलाई हिंसारहित बनाउन सबैले पहल गर्नुपर्छ ।’
उनले विद्यमान कानूनहरुलाई समयसापेक्षरुपमा परिमार्जन गरेर हिंसा रोक्नुपर्ने समेत बताए । कानून र ऐनको प्रभावकारी कार्यान्वयनमा पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रतिक्रिया