अनाथलाई नागरिकता

धरान, १९ मंसिर । इलाका प्रशासन कार्यालय धरानले दुई अनाथ बालबालिकालाई नागरिकता प्रदान गरेको छ ।

धरान–१ स्थित सरस्वती बालआश्रमका अनाथ बालबालिकालाई प्रशासन कार्यालय प्रमुख राममणि पोख्रेलले १६ वर्षीया सुष्मा तामाङ र १७ वर्षीय आइतबहादुर तामाङलाई नागरिकता हस्तान्तरण गरे । उनीहरू दुवै कक्षा ११ मा पढिरहेका छन् । उनीहरूलाई नागरिकता नियमवली–०६३ दफा ३ को उपदफा ३ बमोजिम नागरिकता दिइएको पोख्रेलले बताए । बाबुआमाको नाम नखुलेकाले उनीहरूलाई आश्रमको सिफारिसमा नागरिकता दिइएको हो ।

प्रतिक्रिया