तोकिएकै समयमा सरकार बन्छः कोइराला

काठमाडौं, १८ मंसिर । कांग्रेस सभापति सुशील कोइरालाले तोकिएकै समयमा सहमतीय सरकार बन्ने दाबी गरेका छन् ।
महाराजगञ्जस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले राष्ट्रपतिले दिएको समयसीमा भित्रै सरकार बन्ने बताएका हुन् । उनले भने, ‘तोकिएकै समयमा सरकार बन्छ, ढुक्क हुनुस ।’
उनले कांग्रेस नेतृत्वमै सरकार बन्ने पनि दाबी गरे । कांग्रेस नेतृत्वमा सरकार बनेमा मुलुकको संक्रमणकाल समाप्त हुने कोइरालाले बताए ।
दलहरुका बीच छलफल चलिरहेको बताएका कोइरालाले प्रधानमन्त्री बाबुराम भट्टराईले सहमति भए बाधक नबन्ने आश्वासन दिएको बताए ।

प्रतिक्रिया