राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटबार्ता

काठमाडौं, १८ मंसिर । राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा संवैधानिक निकाय रिक्त हुन लागेका सम्बन्धमा समेत कुराकानी भएको हो ।
भेटमा डा.यादवले सहमतिको सरकार बनाउन राजनीतिक वृत्तमा भइरहेको प्रयासका बारे चासो राखेको स्रोतको भनाई छ ।

प्रतिक्रिया