प्रहरीलाई दोहोरो सफलता

काठमाडौं :    डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरी क्लबले आठौँ ढोरपाटन ‘ब्लु स्काइ कप’ टिभिएस महिला डबल लिग भलिबलमा आइतबार दोहोरो सफलता हात पारेको छ ।
प्रहरीले एन्जल्स हर्टलाई २५–१२, २५–९ र २५–७ ले पराजित गर्‍यो भने अर्को खेलमा न्यु डायमन्ड एकेडेमीलाई २५–१६, २५–२३ र २५–१६ ले हरायो । अपराजित प्रहरीको पाँच खेलबाट १५ अंक भएको छ । प्रहरी शीर्ष स्थानमा छ ।
एपिएफले काभ्रे जिल्ला भलिबल संघलाई २५–३, २५–११ र २५–९ ले हराउँदै लगातार चौथो जित आत्मासात् गर्‍यो । ११ अंकसाथ एपिएफ दोस्रो स्थानमा रहेको छ । एपिएफ पनि अपराजित छ ।
गोंगबुस्थित नयाँ बसपार्कमा भएको खेलमा चण्डेश्वरी युवा क्लब, रामेछापले धुलाबारी उमावि झापालाई २५–१२, २५–१३ र २५–१० तथा एन्जल्स हर्टले धादिङ जिल्ला भलिबल संघलाई २५–४, २५–७ र २५–८ ले हराए । (सौस)

प्रतिक्रिया