महिलाका सपना बढी भावुक

स्वभावैले पुरुषभन्दा बढी भावनात्मक मानिन्छन्, महिला । महिला र पुरुषबीचको भावनात्मक भिन्नता उनीहरूले देख्ने सपनाले पनि प्रस्ट्याउँदो रहेछ । अमेरिकाका केही व्यक्तिले देखेका सपनाको अध्ययनबाट यस्तो पुष्टि भएको हो । अध्ययनले महिलाले बढी भावनात्मक सपना देख्ने निष्कर्ष निकालेको छ ।
सपना जाँचको यो कार्यक्रममा बढीजसो सपना देख्ने अमेरिकी महिलापुरुषलाई समावेश गरिएको थियो । सहभागी पुरुषमध्ये ६८ प्रतिशतले सपनामा पुरुषकै मुहार बढी देख्ने गरेको बताए । तर, महिलाले भने सपनामा भावनात्मक सामग्री बढी देख्ने गरेको उल्लेख गरे । अध्ययनको निष्कर्षअनुसार पुरुषहरू सपनामा झगडा, हिंसा तथा विभिन्न सडक प्रदर्शनका कुरा बढी देख्छन् । पुरुषका सपनामा थाहै नभएका डरलाग्दा स्थान पनि देखिने गरेका पाइए । तर, महिलाका सपनामा भने तालतलाउ, पुलजस्ता स्थान बढी रहेको अध्ययनले देखायो ।

प्रतिक्रिया