‘आर्थिक विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण’

काठमाडौं, १७ मंसिर । मुलुकको आर्थिक विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको सरकारका मुख्यसचिव लीलामणि पौडेलले बताएका छन् । सेवा समाज बचत तथा ऋण सहकारीको प्रथम साधारणसभा उद्घाटन गर्दै मुख्यसचिव पौडेलले सो धारणा राखेका हुन् । उनले सहकारी अभियान आर्थिक विकासको खुट्किलो भन्दै यसको सदुपयोग गर्नुपर्ने बताए ।
सहकारीका अध्यक्ष विष्णुप्रसाद ज्ञवालीले आºनो संस्था अन्य संस्थाको तुलनामा परिपक्व भएको भन्दै यसमा सरकारका पूर्वकर्मचारी रहेकाले यसको विस्तारमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले सहकारी खोल्नु मात्र उद्देश्य नरहेको भन्दै सेयरधनीलाई उचित नाफा दिनुपर्नेमा पनि जोड दिए । हाल सेवा समाजको सेयर पँुजी १ करोड १४ लाख ८५ हजार रुपियाँ रहेको छ भने कुल निक्षेप १ करोड ५१ लाख ६५ हजार र ऋण  प्रवाह २ करोड २९ लाख रुपियाँ छ ।
त्यसैगरी, शनिबार नै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको १८औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा बचत तथा ऋण सहकारीको प्रवद्र्धनमा सबै पक्षको सहयोग आवश्यक रहेकामा जोड दिइयो । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सो सहकारी उद्घाटन गर्दै सहकारी अभियानमा संघले गरेका कार्यको प्रशंसा गरे । उनले देशभरिको उत्कृष्ट संघ घोषणा भएकोमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा डिभिजन सहकारी प्रमुख शशिकुमार लम्सालले जिल्लाका बचत तथा ऋण सहकारीहरूको थप विकास र प्रवद्र्धनमा लाग्न संघलाई सुझाव दिए । संघको १८औँ साधारणसभाले नियमित एजेन्डालगायत कर्मचारी प्रशासनिक विनियम ०६९, आर्थिक प्रशासनिक विनियम ०६९, ललितपुर जिल्ला सहकारी संघसँग भवन निर्माणार्थ जग्गा माग गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
संघका अध्यक्ष रामशरण घिमिरेले आर्थिक समृद्धि एवं समुन्नत समाज निर्माण गर्नु आजको आवश्यकता रहेको बताए । ‘यसका लागि सामाजिक सद्भाव आफूसँग भएका स्रोत–साधनको अधिकतम उपयोग तथा त्यसको न्यायोचित वितरण गरी अभावमुक्त समाजको परिकल्पना र सामाजिक असमानतलाई हटाउन सहकारी पद्धति नै एउटा विशिष्ट माध्यम हो,’ अध्यक्ष घिमिरेले भने, ‘यसको विशिष्टतालाई आत्मसात् गर्दै सहकारी पद्धतिमार्फत उद्यमशीलतामा जोड दिई सम्पूर्ण सहकारीकर्मी आत्मनिर्भर भई आर्थिक हिसाबले समृद्ध राष्ट्र निर्माणमा सहकारी अभियान जुटेको छ ।’ विश्वको गरिबी न्यूनीकरण, रोजगारी सिर्जना गरी सामाजिक सद्भाव कायम गर्न सहकारी अभियानले  पुर्‍याएको अमूल्य मार्गदर्शनलाई मनन गरी मनाइएको यस ऐतिहासिक सहकारी वर्षबाट नेपालको सहकारी आन्दोलनले सही दिशा लिने उनको भनाइ थियो ।
तीन सय ३५ वटा प्रारम्भिक संस्था आबद्ध रहेको यस संघको कुल सेयर पँुजी ३६ लाख ८८ हजार ५ सय छ । त्यस्तै, कुल बचत दायित्वमा ६२ लाख ८६ हजार ७३ रुपियाँ रहेको छ । संघले गत आर्थिक वर्षमा ७६ लाख ६१ हजार २ सय ८७ कर्जा लगानी रहेको छ ।
सहकारी वर्षको अवसरमा आँखाशिविर
बारा : अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसरमा अमलेखगन्जस्थित नवसिर्जना बचत तथा ऋण सहकारी संस्थाले शनिबार नि:शुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ । हेटांैडा सामुदायिक आँखा अस्पताल र रोटरी क्लब अफ हेटांैडाको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।
आँखाशिविर उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक सिमराका अध्यक्ष कृष्ण पौडेलले सहकारी अभियान आमनागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको सबैभन्दा सशक्त र दिगो माध्यम भएको बताए । उनले भने, ‘सहकारीले रचनात्मक क्रियाकलाप र सामाजिक सुधारलाई अघि बढाएको छ ।’ सहकारीमा विश्वका एक अर्ब मानिस संलग्न रहेको र १३ करोडले प्रत्यक्ष रोजगारी प्राप्त गरेको बताउँदै पौडेलले सहकारी विश्वको सबैभन्दा ठूलो आर्थिक, सामाजिक सञ्जाल रहेको दाबी गरे ।
कार्यक्रममा हेटांैडा सामुदायिक आँखा अस्पतालका हसिम श्रेष्ठ, रोटरी क्लब अफ हेटौंडाका उपाध्यक्ष गोपालभक्त श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा १५६ सर्वसाधारणले आँखा परीक्षण गराएका थिए । जसमध्ये ३४ जनालाई मोतीयाबिन्दु भएकाले शल्यक्रियाका लागि सिफारिस गरिएको छ । उनीहरूको नि:शुल्क उपचारको समेत व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष केन्द्र गुरुङले जानकारी दिए ।

स्थिरीकरण कोष कार्यक्रम

काठमाडौं  : नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफस्कुन) ले मुलुकभरका बचत तथा ऋण सहकारीको संख्यात्मक वृद्धिसँगै देखा परेका जोखिम तथा विकृतिहरूको न्यूनीकरणका लागि साकोस स्थिरीकरण कोष कार्यक्रम लागू गर्ने भएको छ ।
नेफस्कुनले उक्त कार्यक्रम लागू गर्न देशव्यापी छलफल अभियान प्रारम्भ गरेको छ । संघले हेटांैडामा आयोजना गरेको क्षेत्रीय गोष्ठी  उद्घाटन गर्दै अध्यक्ष मीनराज कँडेलले भने, ‘बचत तथा ऋण सहकारीहरूलाई व्यवस्थापकीय रूपमा स्थिर राख्न, तरलता अभाव, टाटपल्टनेजस्ता दुर्घटनाको रोकथाम गर्दै सदस्यहरूको बचत सुरक्षालाई प्राथमिकता दिन अन्तर्राष्ट्रिय अनुभवलाई समेत ध्यानमा राख्दै स्थिरीकरण कोषको अवधारणा ल्याइएको हो ।’
नेफस्कुन उपाध्यक्ष ऋषिराज घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै कोषमा सदस्य संस्थाहरूले आºनो सम्पत्तिका आधारमा वार्षिक शुल्क बुझाउने र त्यही कोषबाट जोखिममा परेका संस्थाहरूलाई अनुगमन तथा सुपरिवेक्षण गरी सापटी उपलब्ध गराउने बताए । कार्यपत्रमा समूह छलफलपछि बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण पौडेललगायतले टिप्पणी गरेका थिए । कार्यक्रममा नेफस्कुनका सञ्चालक, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, चित्तवन, धादिङ जिल्लाका बचत तथा ऋण सहकारी संघका अध्यक्ष र प्रतिनिधि गरी करिब सयजनाको सहभागिता थियो ।

प्रतिक्रिया