एपिएफको पहिलो जित

काठमाडौ, १७ मंसिर । नेपाल एपिएफले यस वर्षको लिगमा पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा एपिएफले मध्यपुर युथ एसोसिएसनलाई ३–२ ले पराजित गर्‍यो । अर्को खेलमा पुछारको टोली बौद्ध फुटबल क्लबलाई मनाङ मस्र्याङ्दी क्लबले ४–१ ले पराजित गर्‍यो । एपिएफलाई जित दिलाउने क्रममा गणेश लावतीले दुई गोल गरे भने राजेन्द्र रावलले एक गोल गरे ।
तनावपूर्ण दोस्रो खेलमा एपिएफले अन्तिम १० मिनेट १० खेलाडीसहित खेलेको थियो । १८ औँ मिनेटमा गणेशको गोलमा अग्रता लिएको एपिएफको विरुद्धमा ३९ औँ मिनेटमा जीवन सिन्केमानले सानदार गोल गरे ।
दोस्रो हाफमा नरेस पोखरेलले अपत्यारिलो गल्ती गरे पछि राजेन्द्रले एपिएफलाई दोस्रो पटक अग्रता दिलाए । एपिएपले गरेको तेस्रो गोल भने विवादरहित थिएन । विवेक प्रताप रानाले नविन लामासँग ‘ डी बक्सको लाइनमा बलसहित ट्याकलीङ गरेर खोसे पनि रेफ्री नबिन्द्र महर्जनले पेनाल्टी निर्णय दिएका थिए । ८७ औँ मिनेटमा नरेसले क्रस गरेको बल लिन मध्यपुरका कप्तान जीवन सिन्केमानले प्रयास गर्दा उनलाई गोलरक्षक विक्रम गुरुङले फल गरेका थिए ।  फलकाकारण पहिलो पहेँलो कार्ड पाएका विक्रमले निर्णयको विरोध गरेका कारण दोस्रो पहेँलो कार्ड पाए । त्यसपछि समित राजभण्डारीले गणेशलाई प्रतिस्थापन गर्दै गोलपोस्टको जिम्मा लिएका थिए । पेनाल्टीमा बालगोपाल साहुखलले गोल गरे ।
यस अघि भएको खेलमा ४० औँ मिनेटमा अमिर श्रेष्ठको क्रसमा एमबाइल स्टेफनले गोल गरे । ६२ औँ मिनेटमा शिव श्रेष्ठले दोस्रो गोल गरे भने ७२ औँ मिनेटमा अनील गुरुङले पेनाल्टीमा गोल गरे । ७६ औँ मिनेटमा सुलभ मास्केको क्रसमा सिकोले गोल गरे । बौद्धले ८६ औँ मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो ।

प्रतिक्रिया