कांग्रेस नेता तामाङको निधन

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङको आज विहान हृदयघातबाट निधन भएको छ ।
काठमाडौंको थापागाउँमा बस्दै आएका तामाङको हृदयघात हुने वित्तिकै उपचारका लागि अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुराए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेको कांग्रेसले जनाएको छ ।
विहान ८ बजेर ४५ मिनटमा थापाथलीस्थित नर्भिक अस्पतालमा पुराईएका तामाङलाई ‘कार्डियो रेष्टिरेटोरी एरेष्ट’ अर्थात मुटु र स्वासप्रश्वास एकैपटक बन्द भएको अस्पतालले जनाएको छ ।
७८ वर्षीय तामाङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो भूमिका निभाएका छन् । दोलखा जिल्लाको झले–७ मा बाबु कृष्णबहादुर र आमा लक्ष्मीमैयाँको कोखबाट भएको थियो ।
उनको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा राखेर अन्तिम श्रद्धाञ्जली दिईएको छ । कांग्रेस सभपाति सुशील कोइराला, प्रधानमन्त्री बाबुराम भट्टराई, एमाले अध्यक्ष झलनाथ खनाल र शुभेच्छुकहरुले श्रद्धाञ्जली दिएका हुन् ।

प्रतिक्रिया