हत्याका चार अभियुक्त १२ वर्ष पछि पक्राउ

झापा, १५ मंसिर । जिल्ला प्रहरी कार्यालय झापाले १२ बर्ष अघि फरार चारजना अभियुक्तलाई आज पक्राउ गरेको छ ।
१२ बर्षअघि जलथल–७ का नेत्रबहादुर थाम्सुहाङको हत्या गरेर फरार अभियुक्त रन चोङवाङ, भूमि श्रेष्ठ, जीवन नेम्वाङ्ग र समिरबहादुर तुम्बाहाम्फलाई प्रहरीले झापाको जलथलबाट पक्राउ गरेको हो ।
घरमा लुकेर बसेको अवस्थामा चारै जना अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ ।
झापा जिल्ला अदालतले २०६६ माघ–२३ गते थाम्सुहाङको हत्या अभियोगमा चारैजनालाई २०–२० बर्ष कैद सजायको फैसला गरेको थियो ।

प्रतिक्रिया