पूर्व प्रधानमन्त्री र विपक्षीहरुलाई रात्री भोज

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले पूर्व प्रधानमन्त्री र १५ विपक्षी दलहरुलाई रात्री भोजको कार्यक्रम राखेका छन् ।
महाराजगञ्जस्थित राणा निवासमा आज बेलुका हुने रात्री भोजमा भारतीय नेता करण सिंहको समेत उपस्थिति रहने राप्रपाले जनाएको छ । सिंह आजै काठमाडौं आउँदै छन् ।
भोजका लागि पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल एवं कांग्रेस, एमालेलगायतका विपक्ष दलहरुलाई बोलाईएको छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा दलहरुले बाक्लै परामर्शहरु गरिरहेका बेला भारतीय नेता सिंह सहितको रात्री भोज हुन लागेको हो । भोज बेलुका साढे छ बजे राखिएको छ ।

प्रतिक्रिया