महासंघको तेस्रो वार्षिकोत्सव

काठमाडौं, १५ मंसिर । नेपाल खेलकुद महासंघले बिहीबार तेस्रो वार्सिकोत्सव मनाएको छ । स्थापना दिवस मनाउने क्रममा महासंघले ‘नेपालमा खेलकुदको विकास, नितीगत समस्या र समाधानका उपायहरू’ विषयक विचार गोष्ठीसमेत आयोजना गर्‍यो । कार्यक्रममा महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले प्रस्तुत गरेको कार्यपत्रमा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिले टिप्पणी गरे । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव जीवन राम श्रेष्ठ र हरिबाबु चौधरीले टिप्पणी गरेका थिए । नेपाल सरकारका सहसचिव बैकुण्ठ काफ्ले, नेपाल कराते महासंघका महासचिव केदारबाबु सिवाकोटी र चर्चित बक्सिङ खेलाडी दीपक महर्जनले टिप्पणी गरे ।
टिप्पणीकर्ताले नेपाली खेलकुद क्षेत्रमा रहेको समस्या समाधान गर्न सुझाव प्रस्तुत गरे । कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष लक्ष्मण श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पाले पनि मन्तव्य व्यक्त गरे । कार्यक्रमको सञ्चालन महासंघका सचिव उपेन्द्र पौडेलले गरेका थिए । महासंघले स्थापनाको तीन वर्षमा विविध रचनात्मक कार्य गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिसकेको छ ।

प्रतिक्रिया