सन्ध्या र सिमरनलाई स्वर्ण

कठमाडौं : प्रथम दक्षिण एसियाली गोजुरियो कराते प्रतियोगिताको क्याडेटतर्फ महिलाको ९ वर्षमुनि नेपालकी सन्ध्या नगरकोटी र १० वर्षमुनि नेपालकी सिमरन श्रेष्ठले बिहीबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा सन्ध्याले नेपालकी टेलिसा दाहाल तथा सिमरनले नेपालकी पवित्रा राईलाई पराजित गरे ।
क्याडेटतर्फ पुरुष १० वर्षमुनि नेपालका उमेश घलानले नेपालका सन्दीप बस्नेत तथा ९ वर्षमुनि नेपालका आशिष गिरीले नेपालका जेनस सुनुवारलाई हराउँदै शीर्षस्थान पाए । जुनियरतर्फ महिलाको ३५ केजीमा नेपालकी अरुणा ओलीले भारतकी प्रियंका रानी तथा ४० केजीमा नेपालकी रिनु सुनुवारले भारतकी जस्मिन्दर कुँवरलाई पाखा लगाउँदै स्वर्ण जिते । (सौस)

प्रतिक्रिया