क्यान्सरको उपचार गराउँदै मनीषा

काठमाडौं, १४ मंसिर । नायिका मनीषा कोइरालालाई क्यान्सर रोग देखा परेपछि भारतमा उपचार गराई रहेकी छन् ।
मनीषालाई मुम्बईको जसलोक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाको अनलाई संस्करणले जनाएको छ ।
केही दिन अघि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएकि मनीषालाई थप उपचारका लागि भारत लगिएको थियो । फुड प्वाईजनको आशंका गरिए पनि मनीषा बेहोस हुन थाले पछि भारत लगिएको हो ।
मनीषाकि आमा, बाबु र अन्य सदस्य पनि मुम्बईमा रहेका छन् ।
नेपाली चलचित्र ‘फेरि फेटौला’बाट रजतपटमा प्रवेश गरेकी मनीषा त्यस लगत्तै मुम्बई गएकी हुन् । उनले भारतीय निर्देशक सुभाष घईको फिल्म ‘सौदागर’बाट बलिउड यात्रा शुरु गरेकी हुन् ।
दजर्नौ सफल भारतीय फिल्ममा अभिनय गरेकि मनीषाको वैवाहिक सम्बन्ध भने खासै सफल भएन ।

प्रतिक्रिया