दोष कुकुरको, सजाय मालिकलाई !

नेपालमा कतिपय जनावर लोपोन्मुखको सूचीमा छन् । यस्ता जनावर मारेको पाइएमा मानिसलाई दण्डित गर्ने कानुन पनि छ । तर, जनावरले नै जनावर मार्‍यो भने कसलाई दण्डित गर्ने त ? अमेरिकाको यस्तै एउटा घटनामा भने जनावरका मालिक दण्डित भएका छन् । ८२ वर्षीय ह्युम ह्यामिल्टन नामक व्यक्तिले कुकुर पालेका थिए । तर, उनको कुकुरले एउटा बिरालोलाई टोकेर मारिदियो । त्यसलगत्तै ह्यामिल्टिनलाई अदालतले दण्ड सुनाइहाल्यो ।
कुकुरले बिरालो मारेपछि मालिकलाई ३ वर्षको जेल सजाय सुनाइएको हो । ह्यमिल्टन रोडमा हिँडिरहेका थिए । अचानक उनलाई आराम गर्न मन लाग्यो । र, उनी आरामका लागि बसे । त्यसै बखत उनको कुकुरले नजिकै आएको बिरालोलाई टोकेर मारिदिएको थियो । बिरालोका मालिक वायन स्पाथ निकै दु:खी भए । हुँदाहुँदा उनी अदालतसम्मै पुगे । अदालतले ह्यामिल्टिनविरुद्ध कैदको फैसला गरिदियो । ह्यामिल्टनले १२ वर्ष यतादेखि  कुकुर पालिरहेका थिए । अदालतले उनलाई अब आइन्दा कुनै पनि घरपालुवा जनावर पाल्न पनि रोक लगाइदिएको छ ।

प्रतिक्रिया