रोकिएनन् महिला हिंसाका घटना

गुल्मी : महिला हिंसाका घटना जिल्लाकै प्रमुख सामाजिक समस्या बनेर गएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पछिल्लो एक वर्षमा ५५ वटा महिला हिंसाका उजुरी परेका छन् । बहुविवाह र सम्बन्धविच्छेद प्रमुख समस्या रहेको जिल्ला महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिकृत जमुना पौडेलले बताइन् । ‘कोही खान–लगाउन दिएन भनेर आउँछन्,’ उनले भनिन्, ‘पतिपत्नीको विवादका विषय लिएर पनि तर पछिल्लो समयमा बहुविवाह र सम्बन्धविच्छेदका समस्याले ठूलो रुप लिएको छ ।’
धुर्कोट रजस्थल–२ की माया खनालले अअसससार ०६९ मा पतिले खान बस्न नदिएको भन्दै महिला तथा बालबालिका कार्यालय गुल्मीमा निवेदन पेश गरिन् । उनी आफ्नो सानो छोरी लिएरमा थुप्रै समय माइतीमा नै बसिन् । तम्घासका राजु जिसीले पत्नी जुनालाई औषधिसमेत खान दिएनन् । हाडहाडे–१ बर्दबासकी २० वर्षीया शर्मिला खत्रीले पति वर्षीय गोकर्ण खत्रीले बहुविवाह गरेको भन्दै ३० जेठ ०६९ मा प्रहरी कार्यालयमा उजुरी दिइन् । गुल्मीमा भएका महिला हिंसाका प्रतिनिधि घटना हुन् । (सौस)

प्रतिक्रिया