‘नयाँ प्रधानमन्त्रीमा थापाको नाम प्रस्ताव’

काठमाडौं, १३ मंसिर । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले भावी सहमतीय सरकारको प्रधानमन्त्रीका रुपमा पार्टीका महासचिव रामबहादुर थापा उपयुक्त रहेको बताएका छन् ।
उनले प्रधानमन्त्रीमा महासचिव थापाबाहेक कसैलाई स्वीकार नगर्ने बताए ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले जातीय पहिचान र बर्गीय दृष्टिकोणबाट पनि प्रधानमन्त्रीमा महासचिव थापा उपयूक्त हुने बताए ।
‘थापालाई प्रधानमन्त्री बनाउने विषय एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री बाबुराम भट्टराईसँग कुराकानी भईसकेको छ,’ उनले भने, ‘उहाँहरु सकारात्मक रहेका छन, अब कांग्रेस सभापति सुशील कोइरालासँग कुरा गर्छु ।’
ठूला तीन दलको झगडाकै कारण मुलुकमा समस्या आएको उनको आरोप थियो ।

प्रतिक्रिया