गोरखा स्मारक शिलान्यास

स्याङ्जा, १३ मंसिर । गोरखा सैनिकको सम्मान सम्झनामा बनाउन लागिएको ‘गोरखा स्मारक’को शिलान्यास भएको छ । ब्रिटिस साम्राज्य विस्तार र रक्षाका क्रममा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकको सम्मानमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बनाउन लागेको स्मारकको मंगलबार शिलान्यास गरिएको हो ।
फेदीखोला–८ स्थित साल्मेडाँडामा मंगलबार गेसोले गरेको कार्यक्रममा १८ जातिका धर्मगुरु र कन्याहरूले स्मारकको सामूहिक रूपमा शिलान्यास गरेका थिए । गेसोले साल्मेडाँडामा रहेको तीन सय रोपनी जग्गामा गोरखा स्मारक बनाउँदै छ । दुई शताब्दीअघिदेखि नेपाली युवा ब्रिटिस सेनामा काम गर्दै आएका छन् ।
यस क्रममा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकलाई बेलायती सरकारले बेवास्ता र अपमान गरेको गेसोको दाबी छ । मारिएका तिनै सैनिकको सम्मान र सम्झनामा स्मारक बनाउन लागिएको गेसोका सभापति पदमबहादुर गुरुङले बताए ।

प्रतिक्रिया