जीप चढ्न नपाएको झोंकमा हत्य

पोखरा, १२ मंसिर । कास्कीको ल्वाङ्गघलेल गाविसमा युवाहरुको कुटाईबाट एकजनाको ज्यान गएको छ ।
सोमबार राति ल्वाङ्गघलेल गाविसको कोप्चेपाखाँ भन्ने ठाउँमा स्थानीय सुकबहादुर विक र जगदीश गुरुङसहितका युवाको कुटाईबाट रिभान–६ का गमबहादुर थापाको ज्यान गएको हो । मालिक समेत रहेका २९ बर्षीय गमबहादुरलाई युवाले भनेको ठाउँमा जीप नलगिदिएको आरोपमा कुटपिट गरेर हत्या गरेका हुन् ।
कुटपिटमा संलग्न भनिएका दुवै जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय अन्य १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
ल्वाङ्गघलेल वडा नम्बर २ र ३ का १५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
हत्या गरिएका गमबहादुरको शव विहान सवेरै स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

प्रतिक्रिया