तल्सीपुरमा लुटपाट गर्ने पक्राउ

दाङ, १२ मंसिर । दाङ जिल्लाको तल्सीपुर नगरपालिका–५ मा लुटपाट गर्ने रोल्पाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
रोल्पा जिल्ला नुवागाउँ–९ बस्ने २५ बर्षीय पारस बुढा मगरसहितको सूमहले सोमबार राति पसलबाट लुटपाटको थियो ।
तुल्सीपुर नगरपालिका–५ स्थित सिद्धार्थ सप्लायर्सका संचालक जितबहादुर खड्कासँग तीन जनाको समूहले पेस्तोल देखाई लुटपाट गरेका थियो ।
भाग्दै गरेका उनीहरु मध्य बुढालाई प्रहरीले नगद १२ हजार ५ सय रुपियाँसहित पक्राउ गरेको हो ।
घटनामा संलग्न सुदन बुढामगर र खड्ग घर्तीमगर फरार रहेका छन् । उनीहरुको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया