राष्ट्रपति र अध्यक्ष दाहालबीच भेटबार्ता

काठमाडौं, १२ मंसिर । सहमतीय सरकार बनाउनेलगायतका विषयमा राष्ट्रपति डा.रामवरण यादव र एमाओवादी अध्यक्ष पुष्कमल दाहालबीच भेटबार्ता भएको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक आवस्था र सहमतीय सरकारका बारेमा परामर्श भएको हो ।
सहमतीय सरकार बनाउन राष्ट्रपति डा.यादवले दिएको समयसीमा सकिनै लाग्दा अध्यक्ष दाहाल परामर्शका लागि राष्ट्रपति कार्यालय पुगेका हुन् ।
राष्ट्रपति डा.यादवको आह्वान अनुसार मंसिर–१४ गते अपरान्ह ४ बजे सम्म सहमतीय सरकारका लागि दलहरुले दाबी प्रस्तुत गर्नु पर्ने छ ।

प्रतिक्रिया