उच्छृङखलकार्य गर्ने अध्यक्ष डालमिया पक्राउ

झापा, ११ मंसिर । उछृङखलकार्यमा संलग्न मेची नगर उद्योग वाणिज्य संघका अध्यक्ष विजय डालमियालाई प्रहरीले झापाको मेची नगरपालिका–१० देवकोटा पार्क नजिकैबाट पक्राउ गरेको छ ।
नेपालबाट भारततर्फ लैजादै गरेको सुपारी रोक्न खोज्ने प्रहरी जवान गोपाल दाहाललाई उछृङलख कार्य गरेर घेराउ गरेको आरोपमा प्रहरीले अध्यक्ष डालमियालाई पक्राउ गरेको जनाएको छ । सो क्रममा प्रहरीसँग झडप समेत भएको छ ।
मध्यान्ह सवा ११ बजे डिउटीमा रहेका प्रहरी जवान दाहालले सुपारी सुपारी चेकजाँच गरे पछि डालमियाले अबरोध सृजना गरेर प्रहरीलाई घेराउ गरेका थिए । सो क्रममा प्रहरीले बल प्रयोग गरेर प्रहरी घेराउ गर्ने उछृङखल व्यक्तिलाई भगाएको जनाएको छ ।
भिड हटाउने क्रममा भएको झडपमा ईलाका प्रहरी कार्यालय काकडभिट्टामा कार्यरत प्रहरी नायव निरीक्षक नारायण आचार्य र प्रहरी जवान दिलिप सिवाकोटी सामान्य घाइते भएका छन् ।
सुपारीसहित पक्राउ परेका अध्यक्ष डालमियाको रिहाईको माग राखेर स्थानीय ब्यापारीले मेची भन्सार कार्यालयको दुबैतर्फको ढाड बन्द गरेका थिए ।
हिकोला चोक तथा धुलाबारी बजार समेत उनीहरुले बन्द गराउँदै हिँडे पछि स्थानीयले समस्या भोग्नु परेको प्रहरी भनाई छ ।

प्रतिक्रिया