नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि कसरी पहल गरिरहेको छ ?

राष्ट्रिय सहमतिको सरकारका लागि राष्ट्रपतिबाट आह्वान भइसकेपछि हाम्रो पार्टीभित्र खलबल सुरु भएको छ । तैपनि, कांग्रेसले औपचारिक रूपमै बैठक गरेर कुनै निर्णयमा नै पुगिसकेको छैन । अहिलेसम्म कांग्रेसले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि जे जति प्रयास र पहलहरू भइरहेका छन् ती सबै कामहरू अनौपचारिक बैठक र छलफलमार्फत भइरहेका छन् । त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा पार्टीले सरकारको नेतृत्व गरिसकेपछि कसरी निर्वाचन सम्पन्न गर्छ, कसरी अरू पार्टीलाई पनि सरकारमा सहभागिता गराउँछ भन्ने रहेको छ । पार्टीको विभिन्न जिम्मेवारीमा बसेका साथीहरूले एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री, मधेसी दललगायतका नेताहरूसँग छुट्टाछुट्टै छलफलमा लागिरहेका छन् । अहिले कांग्रेसले आफ्नो नेतृत्वबाहेक अन्य विकल्पका बारेमा केही सोचेको छैन । अब केही दिनमा नै कांग्रेसले हामी राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्छांै भनेर स्पष्ट कार्ययोजनासहित ठोस प्रस्ताव ल्याउँछ । एमालेले पनि कांग्रेसको नेतृत्वमा सहमतिको सरकार गठन गर्न सघाउने सन्देश दिइसकेको छ । अहिलेको मुख्य कुरा एमाओवादीलाई कसरी विश्वासमा लिन सकिन्छ र आगामी सहमतिको सरकारमा सबै दलको सहभागिता कसरी गराउन सकिन्छ भन्ने हो ।

प्रतिक्रिया