बझाङमा महिलाको रहस्यमय मृत्यु

कैलाली, १० मंसिर । बझाङ जिल्लामा चार दिन देखि बेपत्ता एक महिला आईतबार मृत अवस्थामा फेला परेकी छन् ।
बाँझ–५, सैन्सुकी २८ वर्षीया सन्तोषी मल्ल घरबाट चार सय मिटर टाढा रहेको गुफामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
एक छोरा र छोरीकी आमा सन्तोषी घरबाट सम्पर्कबिहीन भएको चार दिनपछि मृतक भेटिएकी हुन् । स्थानीयकाअनुसार सन्तोषीको पतीसँग घरमा सामान्य बिवाद भएपछि बेपत्ता भएकी थिइन् ।
गुफामा मृत भेटिएकी उनको टाउँकोमा सामान्य चोट पनि लागेको छ । उनको हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ ।
उनका पति प्रकाश मल्ललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया