बझाङमा ६४ किलो चरेस बरामद

कैलाली, १० मंसिर । बझाङमा प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा ६४ किलो चरेस बरामद गरेको छ ।
स्याडी–६, गुईलठा भन्ने जंगलको ओढारमा शनिबार साँझ लुकाई रोखेको अवस्थामा चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयको सूचानाका आधारमा स्याँडी प्रहरी चौकीबाट खट्टिएको प्रहरी टोलीले ओढारमा लुकाई राखेको चरेस बरामद गरेको बझाङ प्रहरी प्रमुख उदय तामाङले बताए ।
चरेस कस्को र कहाँबाट ल्याइएको हो भन्ने बारे अनुसन्धान भइरहेको तामाङले बताए ।

प्रतिक्रिया