सरकार विरुद्ध सिठ्ठी जुलुस

काठमाडौं, ८ मंसिर । कांग्रेस निकट नेपाल विद्यार्थी संघले मुलुकमा राजनीतिक सहमतिको माग गरेर आज सरकार विरुद्ध सिठ्ठी जुलुस प्रशर्दन गरेको छ ।
काठमाडौंको रत्नपार्कबाट निश्किएको नेविसंघको सिठ्ठी जुलुसले नगर परिक्रमा गरेको हो । जुलुसले सरकार विरुद्ध चर्का नारावाजी लगाएको प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
नेविसंघले प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन माग गरेर आन्दोलन गर्दै आएको छ । उसले राजनीतिक सहमति विना बजेट ल्याउनुका साथै निर्वाचन बैशाख सम्म सारेकोमा पनि विरोध जनाएको छ ।

प्रतिक्रिया