‘पाहा’ भ्यागुतो तस्कर पक्राउ

इलाम, ७ मंसिर । इलाम जिल्लामा संरक्षित सूचीमा परेको ठकठके प्रजातिको ‘पाहा’ भ्यागुतो तस्करीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
तीनवटा ठकठके ‘पाहा’ र ‘पाहा’ तौलन प्रयोग गरिने ढक–तराजुसहित इलामको चुलाचुली–९, ओझाटारबाट बहादुर राईलाई आज प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताए ।
उनले विगत लामो समयदेखि ‘पाहा’ भुटानी शरणार्थीलाई २५ देखि ५० हजार रुपियाँ सम्म बिक्री गर्दै आएको बताएका छन् ।
उनलाई तीन महिना कैद र १० हजारसम्म जरिवाना हुनसक्ने प्रावधान कानूनमा छ ।
माइपोखरी, सुलुबुङ, माइमझुवा, पुवामझुवालगायतका गाविसमा मात्र ठकठके ‘पाहा’ पाइन्छ ।

प्रतिक्रिया