हचुवाको भरमा निर्वाचन हुँदैनः खनाल

काठमाडौं, ७ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालले आगामी वैशाख महिनामा संविधानसभाको निर्वाचन हुन नसक्ने बताएका छन् ।
पार्टी कार्यालय बल्खुमा आज आयोजित कार्यक्रममा उनले सरकारले एकतर्फीरुपमा हचुवा तालले निर्वाचनको घोषणा गरेको आरोप लगाए । उनले भने, ‘खोई निर्वाचनका लागि आवश्यक पर्ने संवैधानिक तथा कानूनी प्रावधानका बाटो खुला भएको ? हावादारी ढङ्गबाट निर्वाचन हुन सक्छ ?’
अध्यक्ष खनालले प्रधानमन्त्री बाबुराम भट्टराईले पदबाट राजीनामा नदिई अटेर गरिरहे एमाओवादीसँगको सहमतिको राजनीति अन्त्य हुने चेतावनी दिए ।

प्रतिक्रिया