फेसबुकमा प्रकाश दाहालको रोइलो

अर्काकी श्रीमती भगाएपछि प्रचण्डपुत्र प्रकाश दाहाल लगभग भूमिगतजस्तै भएका छन् उनी स्वयम्ले भने आफू दिल्लीमा भएको दाबी गर्दै आएका छन् उनी फेसबुकका नियमित प्रयोगकर्ता हुन् बीना मगरलाई कान्छी बनाएर भगाएपछि फेसबुकबाट पनि केही समय ओझेल परेका प्रकाश फेरि पुरानै शैलीमा फर्केका छन् र फेसबुकमा सक्रिय भएका छन् उनका पछिल्ला फेसबुक स्ट्याटसमा आफूमाथि लागेका आक्षेप र हल्लाहरुप्रति वितृष्णा व्यक्त गरिएको छ
यस्तै, केपी ओलीको बिमारीप्रति उनले कटाक्ष गरेका छन् भने बाबु प्रचण्डले खाएको थप्पडप्रति आक्रोश जनाएका छन् चाडबाडमा देशबाहिर हुनुपर्दाको खिन्नता पनि उनका फेसबुक स्ट्याटसहरुबाट देखिन्छ
– पोले पनि घामै जाती पिटे पनि आमै जाती ††† भन्ने उखान सान्दर्भिक छ †††
– सुनेको, केपी ओलीको सम्भावना कम छ † के भएको छ ?? तैपनि, शीघ्र स्वास्थ्यलाभको कामना †† अरू त के नै पो भन्न सकिँदो रहेछ र ?
– मोहन वैद्य ‘किरण’ उहाँलाई ‘काका’ भन्ने गर्थें । किनकिन उहाँ अर्को पार्टीमा भएको विश्वास नै लाग्दैन ।
– भएको कुरा लेख्नू, नभएको काल्पनिक कुरा लेखेर पत्रिका बिकाएर अरूलाई बदनाम गर्ने काम छोड्नू
३ अक्टोबर
– लेख्ने–बोल्ने मुडमा नि छैन, जाँगर–चाहना नि छैन, मौन छु । लेख्नुस–बोल्नुस, दुनियाँ तपाईंहरूकै ठेक्का हो । जे–जे गर्न मन छ गर्नुस । पृथ्वीको उत्पत्तिकर्ता नै तपाईं पर्नुभो
४ अक्टोबर
– चिन्नु न जान्नु ढुंगाले हान्नुजस्ता याड भएका फेसबुके बुद्धिजीवीहरूलाई धमाधम रिमुभ गर्ने प्रक्रिया जारी छ २३४ जना बुद्धिजीवी गए
५ अक्टोबर
– खाँदै नखाको बिषले ज्युँदै मार्‍यो ….. ख्ष्ब नवीन प् भट्टराई
७ अक्टोबर
– नेपालमा के भइरहेको छ ?
९ अक्टोबर
– दसैँ आयो रे ††
१० अक्टोबर
– जति पर्यटक भित्रिए वा भित्र्याउन सक्यौँ, त्यसको प्रत्यक्ष प्रभाव जनतालाई पर्छ । प्रवासमा बस्ने हामी नेपाली त्यति त गर्न सक्छौँ, आफ्ना विदेशी साथीलाई नेपालको प्राकृतिक सुन्दरताको बखान । यसो गर्दा देशविकाशमा हाम्रो ठूलो योगदान हुनेछ । देश बनाउने जिम्मा हाम्रो पनि हो नेतालाई मात्र दोष दिएर हामी चोखिन सक्दैनौँ गाली हामीलाई पनि लाग्छ सचेत बनौँ शुभदिनको कामना††
१४ अक्टोबर
– कोही घर भन्छन, कोही २–३–४–५–६ दिनपछि घर जाने बिदा मिल्यो भन्छन् । कोही यसपालि नि दसैँ काठमाडौंमा मनाइने भयो भन्छन, कोही १–२–३–४ वर्षदेखि नेपाल जानै पाएनौँ भन्छन । फेसबुक हेर्न नि रमाइलो नै भएको छ । जहाँ भए नि रमाइलो गर्नुस, शान्तिपूर्ण तरिकाले मनाउनुस । यही शुभकामना†††
१४ अक्टोबर
– दसैँ लागेलगत्तै सुनसान हुने काठमाडौँ र फेसबुक सकिएलगत्तै भीडभाड सहर र टीका लगाएका फेसबुके फोटोको भीडभाड एकै हुने गर्छन
१७ अक्टोबर
– लेखलेख साथीहरू, तिमीहरू आफूलाई कति राम्रो देखाउन सक्छौ लेख तर नलेखे नि आफ्नो अनुहार ऐनामा हेर्न नबिर्स, तिमी कति पतित भइसक्यौ त्यही भएर लेख्नुभन्दा पहिला ऐना हेरेर आऊ
१८ अक्टोबर
– कोही छ ? सब घरतिर लागि सकेजस्तो छ । पूरै सुनसान छ त
१९ अक्टोबर
– दसैँको अवसरमा फिल्म हेर्नुपर्‍यो र मनाउनुपर्‍यो । दसैँ आ–आफ्नो तरिका न हो
२० अक्टोबर
– आफ्नो बुबाआमा, हजुरबुबा, हजुरआमा वा हामीभन्दा माथि जो हाम्रो पुर्खा हुन । उहाँहरूले दसैँ मान्दै आउनुभएको छ । मलाई दु:ख लागेको छ, आजभन्दा एक वर्षअगाडि दसैँमै हजुरबुबा बित्नुभएको । उहाँ धर्मकर्ममा विश्वास गर्ने, उहाँको खुसीका लागि टीका लगाउँदा रमाइलो लाग्थ्यो मलाई धर्ममा विश्वास छैन तर हजुरबुबा नहँुदा वा उहाँको हातबाट टीका लगाउन नपाउँदा दु:ख लागेको छ हजुरबुबा वा आफूभन्दा ठूलाको आशीर्वाद जति कट्टर माक्र्सवादी भए नि, सबैलाई चाहिन्छ र उहाँहरूको विश्वासलाई कदापि कुठाराघात गर्न हामी सक्दैनौँ मलाई आज मेरो हजुरबुबाको अभाव खटकिएको छ, जसले मलाई अघोरै माया गर्नुहुन्थ्यो
२० अक्टोबर
– हैन दसैँ कसरी मनाइरहेका छन साथीहरू, अत्तोपत्तो छैन त ७०५ त बिचरा नेट नभएर दसैँ खल्लो मानिरहेका होलान । दसैँ सकिएर कम्प्युटरअगाडि बस्न आतुर होलान
२१ अक्टोबर
– मोहन वैद्य ‘किरण’, उहाँलाई ‘काका’ भन्ने गर्थें । किनकिन उहाँ अर्को पार्टीमा भएको विश्वास नै लाग्दैन मलाई उहाँको सब बानीबेहोरा थाहा छ । म ६–७ वर्षको हुँदादेखि चिन्छु खै विश्वास नै लाग्दैन सम्झाउन खोज्छु आपैँmलाई, अहँ सम्झाउनै सक्दिनँ सानैदेखि चिनेर होला कि माया लगेर हो पत्याउनै सक्दिनँ
२२ अक्टोबर
– हैन दसैँको टीका कहिले हो र कहिले सकिन्छ दसैँ साथीहरू पूरै अस्तव्यस्त भए त
२३ अक्टोबर
– लौ छिमेकी मुलुकको राजधानीमा त कालो–नीलो हुँदै पानी पर्न थाल्यो
२३ अक्टोबर
– को हो सबैभन्दा अगाडि ? कसले टीका लगाएको फोटो सबैभन्दा अगाडि पोस्ट गर्छ ? उसले पाउनेछ उचित इनाम (अब यही साथीहरूको फोटो हेरेर दिन कट्छ)
२४ अक्टोबर
– मलाई याद छ– म ७ वर्षको हुँदा मामाघरमा टीका लगाएर दिने नयाँनयाँ १–२–५ का नोट, हजुरआमाले सबैभन्दा बढी ५ रुपियाँको नयाँ नोट दिँदा भुइँमा खुट्टा हुन्थेन ईष्र्या हुन्थ्यो किनभने दिदीहरूलाई जहाँ पनि ५ दिन्थे, मलाई त दिन्थेनन । कहीँ–कहीँ २५–५० पैसा नि दिन्थे जे होस, कमाइ २०–२५ रुपियाँसम्म हुन्थ्यो ।
२४ अक्टोबर
– अब नेपालका केही दिनदेखि बन्द मिडियाले कुन नेताले टीका लगाए, कुनले लगाएनन, कुन मन्त्रीले के गरे, कुनले गरेनन, यहीमा आफ्नो कमाइ गर्छन । तर, कति गरिब जनताले मनाउन पाएनन, कतिले दसैँको कारण आत्महत्या गरे वा कस्तो बिजोकमा गुजारा चलाए अनि यसका लागि के गर्न सकिनँ यसबारे राष्ट्रका चौथो अंगको ध्यान जाँदैन । हुन त जसको नुन खाइन्छ उसैतिर लाग्ने न चिज रहेछ मिडिया जय होस, चौथो अंग†
२४ अक्टोबर
– बल्ल दसैँ गयो टेन्सन†
२४ अक्टोबर
– पहिला टीका लगाउन हुन्न, धर्म अफिम हो भन्दै हजाराँैलाई शिक्षा दिँदै हिँडने महानहरू अहिले तिनै हजारौँ युवामाथि कुठाराघात गर्दै मिडियाका क्यामरा बोलाएर टीका लगाएको देखाएर खुलेआम भनिरहेका छन– त्यतिबेला मैले बोलेको सब बकवास हो
२६ अक्टोबर
– कति चाँडै दिन बित्छन
२९ अक्टोबर
– पोले पनि घामै जाती पिटे पनी आमै जाती†† भन्ने उखान सान्दर्भिक छ††
२९ अक्टोबर
– केपी ओली कमरेड अमेरिकाबाट नेपाल आउनुभयो कि छैन ? बिजोक छ त अमेरिकामा ।
३० अक्टोबर
– सुनेको केपी ओलीको सम्भावना कम छ के भएको छ ?? तर पनि शीघ्र स्वास्थ्यलाभको कामना† अरू त के नै पो भन्न सकिँदो रहेछ र ?
३ नोभेम्बर
– बिचरा क. केपी ओली सरलाई इन्डियाले के गरेको होला, एयर एम्बुलेन्स नै पठाएन रे ? के गर्छ यो इन्डिया ? यस्तो अवस्थामा ??
३ नोभेम्बर
– नेपालका केही साप्ताहिक पत्रिकामा मनपरी लेखिदिए नि हुने कहिले प्रकाश पार्टीको पैसा लिएर भाग्यो भन्छन, कोही अम्बुजा सिमेन्टको सेयर किन्न गयो भन्छन अहिले हट्टाकट्टा मान्छे मस्कोमा उपचार गरेर दिल्लीमा भन्छन लेख्नुस हजुर लेख्नुस । तर, अलिकति त सच्चाइमा ध्यान दिएर नि लेख्नुस । मनपरी धारावाहिक नबनाउनुस् कुन अवस्थामा बसेको छु के कारणले यस्तो भयो, मलाई थाहा छ मनपरि नलेख्नुस तपाईंहरूसँग बोलेर तपाईंको व्यापार गर्न म चाहन्नँ
७ नोभेम्बर
– क.ओबामालाई बधाई†††
७ नोभेम्बर
– यो समाज अरूको राम्रो होस, राम्रोतिर जाओस भन्ने भन्दा नि त्यसको बिग्रोस, खत्तम होस र त्यसलाई गिराएर ध्वस्त नै होस भन्ने बढी छन ।
८ नोभेम्बर
– हैन म रसिया कहिले पुगेछु, आपैँmलाइ थाहा छैन । अनि, मेरो टाउको दुख्ने समस्या कहिले भएछ र उपचार नै भइसकेछ, आपैँmलाई पत्तो छैन काठमाडौं आएँ रे† यहाँसम्म ??? तर नेपाली पत्रिकामा छयापछयाप्ती छ त हैन अलिअलि त सच्चाइ लेखौँ लाज लाग्छ, यहाँसम्म झूूट ??
८ नोभेम्बर
– इन्डियाको यो कुनामा बसीबसी संसार घुम्न र विदेशमा गएर उपचार गर्ने तरिका नेपालका साप्ताहिक पत्रिकाले सिकाउँदा रहेछन । म यही कोठामा छु तर मस्को र काठमाडौँमा घुमिसकेको रहेछु । सपनामा होइन, बिपनामै तर यो कोठाबाट कतै गएको मलाई नै थाहा छैन यस्तो पो हुन्छ त पत्रकारिता††
८ नोभेम्बर
– कांग्रेस नेता स्वर्गीय गणेशमान सिंहको जन्मदिनको कांग्रेस र सबैलाई हार्दिक शुभकामना अरू त याद छैन तर जनता भेडा हुन भन्ने टुक्का सुनिइरहेको हुन्छ जय नेपाल
९ नोभेम्बर
– नेपालका केही मिडियाअनुसार दिल्ली रसियामा पर्दो रहेछ । त्यसकारण रसियाबाट शुभदिनको कामना†
९ नोभेम्बर
–    4 days. but now am recovering. remebering parents .

९ नोभेम्बर
– नमुछे दिदी सप्तरंगी टीका यसपालि पनि
कहिले पो हामीले लगाएका थियौँ र ??
९ नोभेम्बर
कपाल लामो भयो भनेर छिमेकी आमाले भनेपछि आफ्नै आमाले भनेजस्तो लागेर आज काटियो र ती आमाले भनिन, ‘अब ठीक है बेटा, अच्छे लग रहे हो ।’ क्यार्नु ……..
१५ नोभेम्बर
– राति सुत्दा दिमागलाई स्टप गर्ने उपाय भए एक सय वटा कुरा एकैसाथ घुम्दा बिहान शरीरले दु:ख त पाउँथेन हे विज्ञान चाँडै आविष्कार गर
१६ नोभेम्बर
– यो कुनै राम्रो संस्कार होइन हामी कोही पनि दल वा नेपालीले यसमा दीपावली गर्न जरुरी छैन हामी नागरिक, यो संस्कार बनाएर सबै नेपालको बदनाम गरेका छौँ धिक्कार र पूरै घृणागत छ कुन दलसँग सम्बन्धित कुकुरको काम हो त्यो  त्यसको मुखिया कुकुरलाई घोक्रेठयाक नलगाएसम्म यो क्रम रोकिन्न जय होस††
१६ नोभेम्बर
– यो सबै योजनामा छ कसको अहिले नभनौँ मलाई दुनियाँले गाली गरून, पिटून, मारून, मतलब छैन तर आज साह्रै दु:खी र निरीह छु केही गर्न सक्ने अवस्थामा नि छैन यो योजनाको भन्डाफोर हुने नै छ चाँडै याद राखौँ एमाओवादीलाई सलबलाएका छौ तिम्रो निद हराम हुनेछ
१६ नोभेम्बर
– यो सामाजिक सञ्जालमा भगवानभन्दा राक्षस धेरै हुने नै कुरा भयो, जो सबै खत्तम होस भन्ने चाहन्छन । जाबो नेपाल र नेपालको प्रगति के नै पो हो र ? जो अहोरात्र विभिन्न आरोपका बावजुद न परिवार न व्यक्तिगत, केही नहेरी नेपाल र जनताका लागि हिँडेको छ गाली त्यस्ताले गरेका छन, जसले आफ्नोबाहेक केही हेरेको छैन । संसार भनेकै आफ्नो भुँडी भर्न हिँडेका राक्षसले भरिएको रहेछ । दया लाग्छ सत्य–झूट चिन्न नसक्ने केटाकेटीहरू परिपक्व बन
१७ नोभेम्बर
– हिजोको घटनाका योजनाकारको नाम आउनै लागेको छ । खैरियत छैन उसको र उसका भरौटेहरूको मुटु थामिराख††
१७ नोभेम्बर
– हामी गान्धी कदापि होइनौँ र हुन सक्दैनौँ । किनकि, गान्धीले भारतीय स्वतन्त्रता सेनानी र जनतामाथि धोका दिएर ब्रिटिसको गद्दारी गरेको थियो एक गालामा लाग्यो भनेर अर्को गाला थाप्ने परिएन ।
१८ नोभेम्बर
– टिभीमा हेर्दाहेर्दै चिरपरिचित अनुहार अज्मल कसाबलाई आज इन्डियाले फाँसी दिएछ
२१ नोभेम्बर

प्रतिक्रिया