लडाकुहरु ब्यारेक छिरे, बिहिबारदेखि तालिम

काठमाडौं, ७ मंसिर । सेना समायोजन विशेष समितिले नेपाली सेनामा भर्नाका लागि छनोट भएका एमाओवादी लडाकुलाई बिहीबारबाट सैनिक तालिममा पठाउने निर्णय गरेको छ । एक महिनाका लागि म्याद थप गरिएको समितिले मंगलबार साँझ सो निर्णय गरेको हो । तर, तालिममा जाने लडाकुको दर्जा भने अझै तय गरिएको छैन ।
यसैगरी बैठकले एमाओवादी लडाकु समायोजनका लागि नेपाली सेनामा ४ हजार १ सय ७१ दरबन्दी थप गर्न सरकारलाई सिफारिससमेत गरेको छ । बैठकले ७१ अधिकृतसहित १ हजार ४ सय ६० लडाकु समायोजनका लागि दरबन्दी थप गर्ने निर्णय गरेको समिति सदस्य एवम् अर्थमन्त्री वर्षमान पुनले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । मन्त्री पुनका अनुसार १ हजार ४ सय ६० माओवादी लडाकुमा ६५ प्रतिशत थप गरी ४ हजार १ सय ७१ दरबन्दी थप गर्न सरकारलाई सिफारिस गरिएको हो । उनले भने, ‘सेना समायोजनका लागि आवश्यक दरबन्दी थप गर्नका लागि सरकारलाई सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।’
प्रमुख तीन दल र मधेसी मोर्चाबीच यसअघि सुरक्षा निकायबाट ६५ र लडाकुबाट ३५ प्रतिशत जनशक्ति थप गरेर नेपाली सेनामातहत छुट्टै महानिर्देशनालय गठन गर्ने सहमति भएको थियो । यद्यपि, अहिलेसम्म छुट्टै महानिर्देशनालय बनाउने निर्णय कार्यान्वयनमा आएको छैन । मन्त्री पुनका अनुसार दरबन्दी थपिएको संख्यामा सेनाले पुन: पदपूर्ति गर्नुपर्नेछ । नेपाली सेनाको विद्यमान संरचनाअनुसार उपरथी दर्जाको अधिकृतले नेतृत्व गर्ने संरचनाको जनशक्ति करिब १२ हजारको हाराहारीमा हुन्छ ।
यता, नेपाली सेनाभित्र महानिर्देशनालयको संरचनात्मक पक्ष प्रष्ट भइनसके पनि
एमाओवादीका पूर्वलडाकुहरू बुधबारबाटै सेनाको ब्यारेकमा प्रवेश गर्न थालेका छन् । समायोजनका लागि छानिएका लडाकुमध्ये अधिकृतस्तरमा छानिएका ७१ लडाकु भक्तपुरको खरीपाटीमा र अन्य १ हजार ४ सय ६० लडाकुले देशका विभिन्न वाहिनीमा ६ मंसिरमा सम्पर्क गर्ने पूर्वनिर्णयअनुसार उनीहरूले बुधबारबाट ब्यारेकमा सम्पर्क गरेका हुन् । नेपाली सेनाले उनीहरूलाई दशैँअघि ४५ दिने बिदा लिएर ६ मंसिरमा हाजिर हुन भनेको थियो । पूर्वाञ्चलका लडाकुहरू उदयपुरको गाईघाटमा र मध्यमाञ्चलबाट त्रिशुलीमा तालिमका लागि हाजिर भएका छन् । पश्चिममा रहेका लडाकुहरू स्थानीयस्तरका वाहिनीहरूमा भेला भएका छन् ।

सय ६० माओवादी लडाकुमा ६५ प्रतिशत थप गरी ४ हजार १ सय ७१ दरबन्दी थप गर्न सरकारलाई सिफारिस गरिएको हो । उनले भने, ‘सेना समायोजनका लागि आवश्यक दरबन्दी थप गर्नका लागि सरकारलाई सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।’
प्रमुख तीन दल र मधेसी मोर्चाबीच यसअघि सुरक्षा निकायबाट ६५ र लडाकुबाट ३५ प्रतिशत जनशक्ति थप गरेर नेपाली सेनामातहत छुट्टै महानिर्देशनालय गठन गर्ने सहमति भएको थियो । यद्यपि, अहिलेसम्म छुट्टै महानिर्देशनालय बनाउने निर्णय कार्यान्वयनमा आएको छैन । मन्त्री पुनका अनुसार दरबन्दी थपिएको संख्यामा सेनाले पुन: पदपूर्ति गर्नुपर्नेछ । नेपाली सेनाको विद्यमान संरचनाअनुसार उपरथी दर्जाको अधिकृतले नेतृत्व गर्ने संरचनाको जनशक्ति करिब १२ हजारको हाराहारीमा हुन्छ ।
यता, नेपाली सेनाभित्र महानिर्देशनालयको संरचनात्मक पक्ष प्रष्ट भइनसके पनि
एमाओवादीका पूर्वलडाकुहरू बुधबारबाटै सेनाको ब्यारेकमा प्रवेश गर्न थालेका छन् । समायोजनका लागि छानिएका लडाकुमध्ये अधिकृतस्तरमा छानिएका ७१ लडाकु भक्तपुरको खरीपाटीमा र अन्य १ हजार ४ सय ६० लडाकुले देशका विभिन्न वाहिनीमा ६ मंसिरमा सम्पर्क गर्ने पूर्वनिर्णयअनुसार उनीहरूले बुधबारबाट ब्यारेकमा सम्पर्क गरेका हुन् । नेपाली सेनाले उनीहरूलाई दशैँअघि ४५ दिने बिदा लिएर ६ मंसिरमा हाजिर हुन भनेको थियो ।
पूर्वाञ्चलका लडाकुहरू उदयपुरको गाईघाटमा र मध्यमाञ्चलबाट त्रिशुलीमा तालिमका लागि हाजिर भएका छन् । पश्चिममा रहेका लडाकुहरू स्थानीयस्तरका वाहिनीहरूमा भेला भएका छन् ।

प्रतिक्रिया