सुपारीको छायांकन सुरु

काठमाडौं : शिव घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘सुपारी’ आजबाट छायांकनमा जाँदै छ । चितवनबाट छायांकन सुरु गर्न लागिएको चलचित्रले पारिवारिक द्वन्द्वलाई मुख्य कथा बनाएको छ ।
नेपाल सांस्कृतिक कलामन्दिर तथा नेपाल बक्स अफिस प्रालिको ब्यानरमा हीराकुमार शाहीले निर्माण गर्न लागेको चलचित्रमा गजित विष्ट, झरना थापा, सपना केसी, रमेश शाही, शरण डंगोल, विकेश शाही, हरिश तण्डुकार (नागे) लगायत कलाकार मुख्य भूमिकामा छन् ।
काठमाडौं, दोलखा, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न स्थानमा पनि छायांकन गरिने सहनिर्देशक सुमन चापागाईंले बताए । छायांकन महेन्द्र थापाले गर्दै छन् भने नृत्यनिर्देशन राकेश शाहीको रहनेछ । (सौस)

प्रतिक्रिया