प्रहरीसँग बाँकेमा गोली हानाहान

बाँके, ६ मंसिर । बाँकेको हिरमुनिया–१ मा प्रहरी र जनतान्त्रिक मुक्ति मोर्चा भगतसिंह समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।
मंगलबार राति मोर्चाका बब्लु मुराउ र सुकी लोनिया नेपाल भारत सीमा क्षेत्रमा लुकीछिपी बसेको सूचनाका आधारमा घेराउ गर्ने क्रममा गोली चलेको प्रहरीले जनाएको छ । प्रहरीले सो स्थानबाट एक थान तरवार बरामद भएको छ ।
मुराउ र लोनिया प्रहरीको घेरा तोडेर भारत तर्फ भाग्न सफल भएका छन् ।
नेपालगञ्ज नगरपालिका–२ मा डिउटीमा खटिएका प्रहरी जवान हरिबहादुर बोहोरालाई गत असोज–२७ गते गोली फायर गरेको घटनामा संलग्न उनीहरु फरार छन् ।
हिरमुनिया–१ का लोनिया र सोही ठाउँ बस्ने बिभिन्न आपराधिक घटनामा संलग्न रहेर फरार अभियुक्त तराई जनतान्त्रिक मुक्तिमोर्चा भगतसिंह समूहका मुराउ हिरमुनिया–१ स्थित सीमा क्षेत्रमा लुकीछिपी बसेका थिए ।
उनीहरु लुकेर बसेको सूचनाका आधारमा पुगेको ईलाका प्रहरी कार्यालय हिरमुनियाको टोलीले खोजतलास गर्ने क्रममा उनीहरुले प्रहरीलाई नै लक्षित गरी गोली फायर गरेका थिए । प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ ।

प्रतिक्रिया