कैलालीमा नेविसंघको अधिवेसन पुसमा

कैलाली, ६ मंसिर । नेविसंघ कैलालीको जिल्ला अधिवेसन आगामी पुस–७ गते हुने भएको छ ।
पहलमानपुरमा बसेको संघको जिल्ला कार्यसमिति बैठकले पुस–७ गते अधिवेसन गर्ने निर्णय गरेको हो । पार्टी एकीकरण पछि नेविसंघ कैलालीको पहिलो पटक अधिवेसन हुन लागेको छ ।
यसअघि अधिवेशन गर्ने भनिए पनि विभिन्न विवादका कारण हुन सकेको थिएन् । अधिवेसनका लागि प्रतिनिधि तोक्ने जिम्मा अध्यक्ष लक्ष्मण शाहीले पाएका छन् ।
मंसिर–२५ गते नेविसंघले ६ निवार्चन क्षेत्रका अधिवेसन एकै दिनमा सम्पन्न गर्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष विनय लामाले बताए । सौर्य

प्रतिक्रिया