कंगना ग्याङस्टार बन्ने

मुम्बई : प्राय: चुलबुले लभरगर्लका रूपमा देखिँदै आएकी बलिउड अभिनेत्री कंगना रनावतलाई अब ग्याङस्टारका रूपमा देखिने भएको छ ।
साही कबिरले निर्माण गर्ने आगामी चलचित्र ‘साहिब बिबी और ग्याङगस्टार’मा कंगनालाई उक्त अवतारमा देखिन लागेको हो । कंगनालाई महिला ग्याङस्टारका रूपमा देखिने खबर यति बेला प्रशंसकहरूबीच तातेको छ । यो चलचित्रबाट तिग्मांसु धुलिया र राहुल मित्र एस फेरि एकपटक निर्माता जोडीका रूपमा देखिँदै छन् ।
एजेन्सीका अनुसार कंगनाले सो भूमिकाका लागि मन्जुरी जनाइसकेकी छन् । बढीजसो लभ, कमेडी र सेन्टिमेन्टल सिनमा देखिँदै आएकी कंगनाले यसलाई आफ्नो करियरको अहिलेसम्मकै फरक भूमिकाका रूपमा लिएकी छन् । उनी भन्छिन्, ‘यो भूमिकाले पक्कै मेरो चर्चा बढाउनेछ ।’ यो चलचित्र मध्यप्रदेशमा छायांकन गरिने निर्माण समूहले बताएको छ । (एजेन्सी)

प्रतिक्रिया