प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिलाई धम्क्याइरहेका छन् र पुष्पकमल दाहालले विकल्पमा स्वतन्त्र व्यक्ति प्रधानमन्त्रीमा प्रस्ताव गर्दै आएका छन् । यसका पछाडिको कुटिल रणनीतिक चालबाजीदेखि कांग्रेस र सुशील कोइराला सचेत हुन जरुरी छ । बाबुरामले कसको आड र भरोसामा धम्क्याउँदै छन् ? संविधानसभा विघटनपछि पुन:स्थापना र जनमतसंग्रहको सिआइए एजेन्डा अगाडि जान नसकेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापामार्फत स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकारको एजेन्डा अगाडि सारियो । दोस्रो चरणमा पुष्पकमल दाहालले पदमरत्न र दमननाथ ढुंगाना जस्ता पश्चिमा एजेन्डा समर्थकलाई अगाडि सारे युरोपियन युनियनको सल्लाह र सुझावमा । अहिले आएर शरदसिंह भण्डारीदेखि केहि तराईका कठमुल्लाहरूले स्वतन्त्र व्यक्तिको आवरणमा सिआइएका घोषित एजेन्डामार्फत् सत्ताकब्जाको नयाँ रणनीति बोकेर हिँडिरहेका छन् । विजय गच्छदारले तराईका दल, विकल्प भन्नु र बाबुरामले स्वतन्त्र होइन हामी नै सक्षम छौँ भन्नु एउटै रणनीतिका दुई पाटा हुन् ।
खासगरी भारतभित्र सञ्जय गान्धी, इन्दिरा गान्धी र राजीव गान्धीको हत्या सिआइए ग्राइन्ड डिजाइनमा ‘रअ’ मार्फत नै गराइयो । यसको पुष्टि २९ जुलाई १९८७ का दिन भारतका प्रधानमन्त्री राजीव गान्धी र श्रीलंकाका राष्ट्रपति जे आर जयबद्र्धनकाबीच सम्झौतामा हस्ताक्षरपछि भएको थियो । जसलाई क्ष्लमय(क्चष्बिलपब ब्अअयचम भनेर चिनिन्छ । यो सम्झौताको असर भारतको ‘रअ’मा पनि पर्न गयो । किनकि, राजीव गान्धीले यो संस्थासँग समन्वय नगरिकन सम्झौता गरेका थिए । अन्तत: लिट्टेको ब्यानरमा गान्धीको हत्या गरियो । (बन्दरा २००२:१९५) यसबाट पनि प्रष्ट छ ‘रअ’भित्र ‘सिआइए’को पकडकै कारण सञ्जय गान्धीदेखि इन्दिराहुँदै राजीवसम्मको हत्या भयो । तर, भाजपाका कुनै पनि नेतृत्वले असुरक्षित महसुस गर्नु परेन । नेपालको दरबार हत्याकाण्डमा महत्त्वपूर्ण भूमिका निभाएका ‘रअ’का पूर्वप्रमुख हर्मिज थाराकन र दाहाल–भट्टराई सम्बन्धका साथै संलग्नता दरबार हत्याकाण्डको महत्त्वपूर्ण पाटो हो । पशुपतिदेखि तिरुपतिसम्म सिआइए मोडलमा सत्ताकब्जाको रणनीतिमा भारतमा भाकपा (माओवादी) र भाजपा नेपालमा पुरानो माले, मसाल, मन्डले र पछिल्लो चरणमा मन्डले र माओवादी एकै सिक्काका फरक पाटाभित्र थिए । यसकारण भाकपा (माओवादी) ले पश्चिम बंगालमा भाकपा (माक्र्सवादी) भन्दा तृणमूल कांग्रेस र ममता वनर्जी मित्र मान्यो । सिआइए प्रायोजित नेपाल र भारतका सञ्चार माध्यमले माक्र्सवादीको पराजयलाई सन् १९९० को सोभियत संघको विघटन जस्तै विश्वव्यापी प्रपोगन्डा गरे । नेपालमा तराईका घोर दक्षिण पन्थीहरूसँग गठबन्धन कायम गरेको एमाओवादी निशाना कांग्रेस भित्रको बिपीवादी धार समाप्त गर्दै सेनाको आड भरोसामा सत्ताकब्जाको रणनीतिमा लागेको छ । यसबाट सबै देशभक्तहरू सावधान हुनुपर्छ ।
होलेरीदेखि दिल्लीसम्म प्रचण्ड–बाबुराम सुरक्षित रहनुले के पुष्टी गर्छ भने उनीहरूलाई ‘रअ’ र ‘सिआइए’को संरक्षण छ । भाजपाकै सरकारलाई प्रचण्ड र बाबुरामको बिन्तिपत्र र सम्बन्ध स्वयं पिके हर्मिज थाराकन र एसडी मुनीले सार्वजनिक गरिदिएका छन् । यतिबेला एकातर्फ स्वतन्त्र व्यक्तिको आवरणमा कमल थापा, दाहालमार्फत पश्चिमा ऐजेन्डाहरू अघि सार्नु र अर्कोतर्फ भाजपा नेता आदित्यनाथको सक्रियता बढ्नु संयोग मात्र होइन । के आदित्यनाथ जस्ता सिआइएका ब्रोकरले जवाफ दिन सक्छन्, हिजो धर्मनिरपेक्षता घोषणा गर्दा तिनको भाजपा र आदित्यनाथ कहाँ थिए ? एक अर्ब हिन्दूको हिन्दू अधिराज्य मानिएको नेपालको परिचय हराउँदा अशोक सिंघलहरू कहाँ थिए ?
एकातर्फ घोर दक्षिणपन्थी र उग्रवामपन्थीहरू मार्फत् नेपालको सत्ताकब्जा गर्ने रणनीति बनाइएको छ । अर्कोतर्फ प्रगतिशील गठबन्धनलाई छिन्नभिन्न पार्दै अन्ना हजारेदेखि केजरीवालहरूमार्फत् कांग्रेसमाथि हमला
गरिँदै छ । पशुपतिदेखि तिरुपतिसम्म पश्चिमाहरूको कब्जाका साथ नेपाललाई केन्द्र बनाएर तिब्बत हुँदै चीन घेर्ने र दोस्रो चरणमा स्वयं भारत विघटित गराउने बृहत् रणनीतिको केन्द्रमा नेपाललाई पारिएको छ ।
यही रणनीतिमा नेपालको सत्ता पश्चिमाको नियन्त्रणमा राख्ने सोच अहिले यहाँ फस्टाउँदै छ । भारतभित्र रहेको सिआइए घोर वाम आवरणका आनन्द स्वरूप बर्मादेखि एसडी मुनी, अरुन्धती रोय र नेपालमा पदमरत्न, दमननाथहरू असफल नेपाल बनाउन लागिपरेका छन् । साथै, यस विषयमा दक्षिणपन्थी कित्ताका मन्डलेहरू र भारतमा कांग्रेसभित्रै रहेका मनमोहन सिंह हुन् या नेपालमा कांग्रेसभित्रका शेरबहादुर, रामचन्द्र र कृष्ण सिटौलाहरू एउटै मोडलका पात्र बन्न पुगेका छन् ।
सिआइए रणनीतिको एजेन्डामा सत्ताकब्जा गर्न भारतीय (माओवादी) र भाजपा फरक मोडल हुन् । सत्ताकब्जा गर्ने माओवादी, मन्डले र सैन्य मोडल असफल पार्दै भारत–चीन–नेपाल त्रिदेशीय रणनीतिमा नेपालको समस्या समाधानविना स्वयं भारत र चीन पनि सुरक्षित रहने छैनन् । हिजो दाहाल/भट्टराई सिआइए मोडलमा ‘रअ’ हँुदै भाजपाकै काखमा सुतेर हिन्दू राज्य समाप्त पारियो । यसपछि नेपाली सेनाको भारतीय सेनाको जस्तै ड्रेस बनाएर माओवादी आतंकवादका नाममा भारतीय सेना हुल्ने डिजाइनमा पनि भाजपा नै अग्रसर भयो । अहिले आएर लाजै नमानी हिन्दू राष्ट्रको वकालत गर्ने कमल थापादेखि मधेस टुक्र्याउने धम्कि दिने शरतसिंह भण्डारी र संघीयता, धर्मनिरपेक्षता र जातीय पहिचानको एजेन्डाको मसिहा मै हूँ भन्ने पुष्पकमल दाहाल फरक मोडलमा सिआइए एजेन्डाका समान पात्र हुन् । उनीहरूको भूमिका मात्र फरक हो भन्ने कुरा खासगरी कांग्रेस र सुशील कोइरालाले समयमै हेक्का राख्न नसके मुलुक अर्को अफगानिस्तान बन्नेछ ।
नेपालको सीमा अतिक्रमण हँुदा आरएसएस र भाजपाकै सक्रियतामा नेपालभित्र भारतीय विस्तारवाद भन्दै प्रपोगन्डा गर्ने उग्रवामपन्थी सम्बन्ध भाजपाले नै भिराइदिएको हो । सीमा अतिक्रमणको चर्को एजेन्डा उठाउने कतिपय नक्कली सीमाविद्हरू पनि उतैबाट परिचालित छन् । नेपालमा राष्ट्रवादको नारामा भारतविरोधि नारा दिने पूर्व माले, मसाल, मन्डले र पछिल्लो प्रचण्ड, बाबुराम माओवादीको सम्बन्ध र मित्र पश्चिमा समर्थक भाजपा हुनु बृहत् रणनीतिक ग्राइन्ड डिजाइन अन्तर्गतको सिआइएको दक्षिण एशिया केन्द्रित चीन विरोधी केन्द्र निर्माण र विस्तारको अभ्यास हो । यसअन्तर्गत नेपाली माओवादीको उत्थान भएको बिर्सनु हँुदैन । नेल्सन मन्डेलाले जस्तो शान्तिपूर्ण संघर्ष गरेको नेतृत्वलाई दशकाँैपछि आतंककारी सूचीबाट हटाएको अमेरिकाले नेपाली माओवादीलाई हतारहतार आतंककारी सूचीबाट हटाउनु सिआइए ग्राइन्ड डिजाइनको रणनीतिक चालबाजी थियो भन्ने कुरा अझ प्रष्ट भएको छ ।
पाँच वर्षीया काजोल जस्ता बालिकाको हत्या, हरजंग काण्ड, निहत्था जनतामाथि बाँदरमुढे एम्बुसकाण्ड, राजनीतिक व्यक्तिहरूको क्रुर हत्या, सनातन संस्कृतिमाथि क्रिस्चियन रणनीतिमा संस्कृत पढाएकोमा मुक्तिनाथ अधिकारी र छुवाछुत विरोधी अभियानका नारायण पोखरेलको हत्या गण्डक इन्चार्ज हुँदा बाबुराम मार्फत् गराइयो । अहिले भ्रम दिन ख्रिष्टानीकरणका निम्ति राज्य कोषको दुरूपयोग गर्दै गाउँ भ्रमणको बाबुराम नाटक मञ्चनदेखि कोही पनि भ्रममा पर्नु हुँदैन । काठमाडौंका नेवार समुदायभित्र पहिलो घोषित क्रिस्चियन धर्मरत्न यमीको अनिवार्य पदचिन्हमा उनकै छोरी हिसिला यमी र बाबुराम मिसनदेखि कोही पनि अनभिज्ञ छैन । नत शिवसेना, हिन्दू स्वयंसेवक संघ, राप्रपा नेपाल, आदित्यनाथ जस्ता हिन्दू आवरणको सिआइए मोडलदेखि नै कोही अनभिज्ञ छ । कोसी, गण्डकी र कर्णालीमा पानी मात्र होइन धेरै रगत बगिसकेको अवस्थामा अब भ्रम दिन सम्भव छैन । यसकारण, सुशील कोइरालाले बिपीले जस्तै शसक्त नेतृत्व दिने हिम्मत गर्नु अनिवार्य छ ।
इतिहास अत्यन्त निर्मम र कठोर हुन्छ । रुसमा जारले लेनिनका दाजुको हत्या गरेकै कारण लेनिनको नेतृत्व कठोर थियो । नेपालमा राणाहरूले दाजु गंगालाल श्रेष्ठको हत्या गरेकै कारण पुष्पलालको नेतृत्व कठोर थियो । भाइ सरोज कोइरालाको हत्या गरेको कारण बिपीको नेतृत्व कठोर थियो । १७ हजारको हत्या, पाँच हजार बेपत्ता, हजाराँै घाइते, लाखौँ अपांगको रगतले राष्ट्रघाती जनहत्याको षड्यन्त्रका नायक र खलनायकहरू सत्य कुराको यथार्थताबीच टेक्ने धरातल रहने छैन । अब, शसक्त नेतृत्वको आवश्यकता मात्र हो । यसकारण लडाइँ संख्याको होइन विचारको हो । प्रचण्ड/बाबुराममाथि थप्पड होइन, अब गाउँगाउँबाट हत्यारा र लुटेराहरू जनकारबाहीमा र प्रचण्ड र बाबुराम जस्ता नायकहरू हेगमा उभिनु पर्ने दिन आउन सक्छ । यसकारण, भारत, चीन र नेपालको त्रिदेशीय रणनीतिमा अन्तरिम संविधानको विघटन, प्रतिनिधिसभाको निर्वाचन त्यही सभामार्फत संविधान निर्माण आयोग र संविधान निर्माण अबको पाटो हो र त्यस पूर्व उग्रवाम र अतिदक्षिणपन्थी वर्तमान सत्ता विस्थापन अनिवार्य पाटो हो ।
प्रतिक्रिया