काठमाडौं, ५ मंसिर । कर्मचारी सरुवाको विरोधमा झण्डै दुई सातादेखि लागेको स्वास्थ्य विभागको ताला आज देखि खुलेको छ ।
प्रशासन र आन्दोलनरत कर्मचारीबीच भएको सहमति अनुसार विभागको ताला खुलेको हो । ताला खुले पछि विभागको कामकाज सुचारु भएको छ ।
यद्यपि सरुवाको विरोधमा आन्दोलनरत छ वटा कर्मचारी संगठनले भने थप आन्दोलनका कार्यक्रम घोषणा समेत गरेका छन् । उनीहरुले विभागको ताला खोले पनि भोलि बुधबारदेखि क्षेत्रीय निर्देशनालय र महाशाखाहरुमा तालाबन्दी गर्ने जनाएका छन् ।
विभागले आफू अन्तर्गतका कर्मचारीको सरुवा गरे पछि असन्तुष्ट संगठनहरु निर्णय बदरको माग गरेर आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिक्रिया