पुरुषोत्तमले ल्याए प्रजुसा

काठमाडौं : सर्जक पुरुषोत्तम बस्नेतको पहिलो एकल गजल एल्बम प्रजुसा बजारमा आएको छ । एल्बममा दिनेश गौतम (पुस्तकप्रसाद) को स्वर तथा संगीत छ ।
‘आफूलाई भन्दा धेरै तिमीलाई माया गरेँ, तिम्रो जस्तो रसिलो ओठ, रहर रहेछ माया मैले बिर्सिसकेछु, नझार आँसु आँखाबाट म तिमीविना बाँचूँ कसोरी र सम्बन्ध त टाढा भयो चिनो पनि लुक्दैन’ बोलका गजल छन् । चार गजल भावुक शैलीका छन् भने एउटाले रोमान्टिक भाव समातेको छ ।
बस्नेतले दुई गजलको म्युजिक भिडियोसमेत तयार पारेका छन् । ‘मिडियामा प्रमोसन गर्न भिडियो नबनाई हुँदैन,’ उनले भने । यी भिडियोलाई विजयविक्रम बस्नेत र वसन्त अधिकारीले निर्देशन गरेका छन्, जसमा सुष्मा सिंह, दिनेश गौतम, ज्योति योगी, अमित पौडेल र दीपक ठकुरीले अभिनय गरेका छन् ।

प्रतिक्रिया