काठमाडौं, ४ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्ने बाग्लुङका पदम कुँवरलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न सात दिनको म्याद दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कुँवरलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक मुद्दाअन्तर्गत म्याद थप गर्न कँुवलाई जिल्ला प्रशासन कार्यालय लगेको थियो ।
दाहाललाई थप्पड हानेलगत्तै एमाओवादी कार्यकर्ताको पिटाइबाट घाइते भएका कुँवरलाई उपचारका लागि प्रहरीले महाराजगन्जस्थित प्रहरी अस्पताल लगेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि कुँवरलाई आइतबार परिसरले जिल्ला प्रशासन कार्यालय लगेको थियो । उनको सोमबार नै सरकारी वकिलसँग बयान हुने प्रहरीले जनाएको छ ।
कुँवरले गत शुक्रबार एमाओवादीले भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा दाहाललाई थप्पड हानेका थिए ।
प्रतिक्रिया