वेस्टइन्डिजको रोमाञ्चक जित

 

मिरपुर, ३ मंसिर । वेस्टइन्डिजले बंगलादेशविरुद्धको पहिलो टेस्टमा ७७ रनको जित हात पारेको छ । २ सय ४५ रनको लक्ष्य पाएको घरेलु टोली पाँचाँै दिनको अन्तिम सत्रमा सम्पूर्ण विकट गुमाउँदै १ सय ६७ रनमा समेटियो । वेस्टइन्डिजलाई जित दिलाउने क्रममा टिनो बेस्टल खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै १२.३ ओभरमा २४ रन खर्चेर पाँच विकेट लिए । उनलाई रवि राम पा उलले पनि राम्रो साथ दिए । राम पाउलले सुरुमै तामिम इक्बालको विकेट लिएर बंगलादेशलाई धक्का दिए । उनले ३२ रन खर्चेर दुई विकेट लिए भने भेरेसामी परमा उलले ३२ रन खर्चेर तीन विकट लिए ।
यसअघि २ सय ४४ रनमा ६ विकेटबाट दिनको खेल सुरु गरेको वेस्टइन्डिजले २९ रन थप्दै बाँकी रहेका चार विकेट गुमायो । सोहाज गाजीले पछिल्ला चार विकेट लिँदै इनिङको विकेट संख्या ६ पुर्‍याएका थिए । बंगलादेशका सामु कठिन लक्ष्य प्रस्तुत गर्ने क्रममा वेस्टइन्डिजका किरोन पावेलले १ सय १० रनको शतकीय इनिङ खेले । पहिलो इनिङमा समेत शतक प्रहार गरको पावेल म्यान अफ द म्याच घोषित भए ।
पहिलो इनिङमा पोलार्डले १ सय १७, शिव नारायन चन्द्रपाउलले नटआउट २ सय ३ र दिनेश रामदिनले नटआउट १ सय २६ प्रहार गरेपछि वेस्टइन्डिजले चार विकेटको क्षतिमा ५ सय २७ रन जोड्दै इनिङ समाप्तिको घोषणा गरेको थियो । यसैगरी नइम इस्लामले १ सय ९ रन जोडेपछि बंगलादेशले पहिलो इनिङमा ५ सय ५६ रन जोडेको थियो ।

प्रतिक्रिया