बाँके, ३० कात्तिक । बाँके टिटिहिरिया–५ की गीता चौधरीले तीन छोराछोरीसहित आफूले पनि विष सेवन गरेकी छन् ।
पतिसँगको विवादपछि उनले आज दुई छोरी र एक छोरालाई विष खुवाएर आफूले पनि खाएको प्रहरीले बताएको छ ।
विष सेवनबाट गीताको अवस्था गम्भीर रहेको छ । आठ वर्षीया छोरी एलिसा, ६ वर्षीया स्नेहा र चार वर्षीय छोरा राहुल चौधरीको अवस्था सामान्य अवस्थामा उपचार भई रहेको छ ।
उनीहरूको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।
प्रतिक्रिया